तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा उहाँले सपथ लिनुभएको हो ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहनुभएका डा अधिकारी बिहीबार उपाध्यक्षमा नियुक्त हुनुभएको थियो ।

साथै उपाध्यक्ष अधिकारीसमक्ष आजै आयोगका नवनियुक्त सदस्यहरु डा आरपी विछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डनले पनि पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आजको शपथमा आयोगका नवनियुक्त सदस्य गङ्गादत्त अवस्थी भने अनुपस्थित हुनुहुन्थ्यो ।

त्यस अवसरमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका सल्लाहकार मुख्यसचिवलगायतका व्यक्तित्वको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button