तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा आठ लाख मूल्यको अवैध सामान सहित १४ वटा मोटरसाइकल नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरमा आठ लाख मूल्यको अवैध सामान सहित १४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले ७ लाख ३५ हजार, इलाका प्रहरी कार्यालय दोधाराले ७२ हजार ८८० ,प्रहरी चौकी परासनले ८ हजार ७ सय र अस्थायी प्रहरी पोष्ट मझगाउँले ६ हजार १८० गरि जम्मा ८ लाख २२ हजार ७६० मूल्य बराबरको भन्सार छलीको सामान चिनी, सलाई , बिडी, तेल लगायत १४ थान मोटरसाइकल बरामद गरी थप कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button