तपाईँ सुन्दै हुनुहुन्छः

३५ जना क्षमता भएको जाजरकोट कारागारमा ७२ जना थुनुवा कैदी बन्दी

जाजरकोट । कारागार कार्यालय जाजरकोटमा क्षमता भन्दा बढी कैदी बन्दी रहेका छन् ।

कारागार कार्यालय जाजरकोटका प्रमुख चन्द्रबहादुर गिरिले हाल ४२ जना कैदी र २९ जना थुनुवा गरी जम्मा ७२ जना थुनुवा तथा कैदी बन्दी रहेको जानकारी दिनुभयो । ती मध्ये ६ जना ६० वर्ष माथिका छन् भने ६० वर्ष मुनिका ६६ जना रहेका छन् ।

पछिल्लो पटक थप एक कोठा निर्माण भएपछि कैदी बन्दी राख्न खासै समस्या नभएपनि ३५ जनाको क्षमता कारागारमा हाल ७२ जना कैदी थुनुवा रहेका कारण सुत्नको लागी समस्या भएको गिरिले बताउनु भयो । ७२ जना कैदी थुनुवा मध्ये अधिकांश जबरजस्ती करणी मुद्दाका छन् भने बाँकी कर्तव्य ज्यान मुद्दाका छन् ।

भौतिक पूर्वाधारको अभावमा कैदी वन्दीको सख्या बढ्दै जाँदा राख्न समस्या हुने देखिन्छ । क्षमता भन्दा बढी कैदी बन्दी भएका कारण समस्या त हुने नै भयो यसका लागी सम्बन्धित निकायमा जानकारी पनि गराइएको कारागार प्रमुख चन्द्रबहादुर गिरिले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button