तपाईँ सुन्दै हुनुहुन्छः

सरोकार समिति बैठक: उपभोक्ता हक संरक्षण र प्रवद्र्धनमा देखिएका समस्या विषयमा छलफल

काठमाडौँ । राष्ट्रिय सभा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले उपभोग्य वस्तु तथा सेवाको मूल्य वृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण , प्रवद्र्धनमा देखिएका समस्या र समाधानका विषयमा छलफल गरेको छ । 

सिंहदरबार स्थित समितिमा भएको छलफलमा उपभोक्ताकर्मीहरुले सरकारले बजार अनुगमन नगर्दा नागरिकले अखाद्य वस्तु खानुपरेको भन्दै उपभोक्तालाई सहज र सुपथ मूल्यमा खाद्यवस्तुहरू साल्ट ट्रेडिङ   र खाद्य संस्थानबाट आयात गरी सुपथ मूल्यमा आपूर्ति गर्नुपर्ने बताउनुभयो । 

बजारमा म्याद गुज्रेका, बढी विषादी हालिएका खाद्यवस्तु खरिद गर्नुपर्ने भन्दै उपभोक्ता सम्बन्धि अधिकारकर्मीहरूले गुणस्तर, तौल र मूल्यमा नागरिक ठगिएको बताउनुभयो । 

बैठकमा सांसदहरुले उपभोक्ता सम्बन्धि अहिलेका कानुनलाई कार्यान्वयन गरे मात्रै पनि समस्याको समाधान हुने, सरकारले सिधै किसानसँग उपभोग्य वस्तु खरिद गर्नुपर्ने, उपभोक्ता सचेतना सम्बन्धि पाठ्यक्रम विद्यालय तथा विश्वविद्यालयमा राख्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button