तपाईँ सुन्दै हुनुहुन्छः

काँकरभिट्टा नाका हुँदै बङ्गलादेशबाट फर्कने नेपालीको सङ्ख्या हजार नाघ्यो

झापा । हिंसाग्रस्त बङ्गलादेशबाट पूर्वी नाका काँकरभिट्टा हुँदै स्वदेश फर्किने नेपाली विद्यार्थीको सङ्ख्या एक हजार नाघेको छ ।

मङ्गलवार बङ्गलादेशबाट २७ जना विद्यार्थी स्वदेश फर्किएका थिए । योसँगै काँकरभिट्टा नाका हुँदै १०४५ जना विद्यार्थी बङ्गलादेशबाट फर्किएको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ । फर्किनेमा ६१३ छात्र र ४३२ जना छात्रा रहेका छन् ।

बङ्गलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थी स्वदेश फर्किने क्रम जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button