तपाईँ सुन्दै हुनुहुन्छः

विश्व बैङ्क, एफएओद्वारा दक्षिण सुडानमा जलवायु लचिलोपन परियोजना सुरु

जुबा। दक्षिण सुडान, विश्व बैङ्क र संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले बाढी र अन्य प्रकोपको जोखिमका बीच किसानहरूको जलवायु लचिलोपन निर्माण गर्न प्रयासहरू तीव्र पारेको मङ्गलबार बताएको छ ।
 
तीन वर्षे उक्त परियोजनाले आयोजक समुदायमा बाढीबाट प्रभावित ९८ हजार घरपरिवार, ४० हजार फर्किएका र पाँच हजार शरणार्थीहरू सहित एक लाख ४० हजार भन्दा बढी घरपरिवारलाई फाइदा पु¥याउने लक्ष्य राखेको एफएओले दक्षिण सुडानको राजधानी जुबामा जारी संयुक्त विज्ञप्तिमा जनाएको छ । 

 तीन करोड अमेरिकी डलरको अनुदानसहितको यस परियोजनाले किसान, माछुवा र पशुपालकहरू बीच राम्रो कृषि अभ्यास, कृषि वन र प्राकृतिक स्रोत व्यवस्थापन सीपहरूलाई समर्थन गर्ने लक्ष्य राखेको छ ।

सबैभन्दा जलवायु–संवेदनशील देशमध्ये एक दक्षिणी सुडान चार वर्षदेखि अत्यधिक बाढीसँगै जलवायु परिवर्तनको झटकाबाट पीडित छ 

 देशमा पहिले नै डरलाग्दो खाद्य सुरक्षा अवस्थामा सुडानमा युद्धबाट भागेर फर्केका र शरणार्थीहरूको आगमनसँगै अत्यधिक बाढीको प्रभावले मानिसहरूलाई भोकमरी र विपन्नताको ठूलो जोखिममा पार्ने एफएओले बताएको छ । सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button