तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधार समिति बैठक:  २९ वटा उजुरीमाथि छलफल 

काठमाडौँ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आजको बैठकले समितिमा प्राप्त २९ वटा उजुरीमाथि छलफल गरेको छ । 

सिंहदरबार स्थित समितिमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित ९, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयसँग सम्बन्धित ५ वटा, सहरी विकास मन्त्रालयसँग सम्बन्धित ४, खानेपानी मन्त्रालयसँग सम्बन्धित २  र अन्य २ वटा उजुरीहरू परेको समितिका सभापति दिपक बहादुर सिंहले जानकारी दिनुभयो । 

छलफलका क्रममा सांसदहरुले समितिमा उजुरी आउनसाथ एजेन्डा बनाएर छलफल गरी निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो । 

सांसदहरुले छिटो समस्याको समाधान हुने विश्वासका साथ सम्बन्धित निकायले समितिमा उजुरी दिने भएकाले त्यसलाई गम्भीर ढङ्गबाट छलफल गरी सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button