तपाईँ सुन्दै हुनुहुन्छः

माछापुच्छ्रेका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानअध्यापक

कास्की। माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको छ । साथै पालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान पनि गरेको छ ।

गाउँपालिकाले आधारभूत तह (१–५) का लागि १८, आधारभूत तह (६–८)का लागि १० र माध्यमिक तह (९–११)का लागि चारजना र माध्यमिक तह (११–१२)का लागि छ गरी ३८ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।

विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अङ्कका आधारमा विद्यालयमा प्रअ छनोट गरिने सूचनामा जनाइएको छ । प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन पनि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button