तपाईँ सुन्दै हुनुहुन्छः

स्थिरताका लागि नयाँ गठबन्धन : उपमहासचिव ज्ञवाली

गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व र देशको अवस्था परिवर्तनका लागि काँग्रेस‐एमाले मिलेर सरकार बनाएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल गुल्मीले सोमबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकमा स्थिरता ल्याउन ठूला दलहरू एक हुनुपरेको बताउनुभयो ।

उहाँले सरकार गठन भएको छोटो समयमै सरकारबाट जनतामा विश्वास र भरोसा दिलाउने काम भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button