तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । 

आचार्यले सोमबार एमालेका २९ र कांग्रेसका २७ सांसद गरी ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी पेश गर्नु भएको थियो । 

प्रदेश प्रमुख अमिक शेरचनले धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । एमाले काँग्रेसले बुधबार मुख्यमन्त्रीसहित सबै मन्त्रीको शपथको समय मिलाउन प्रदेश प्रमुखलाई अनुरोध गरिसकेका छन् । 

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सबै मन्त्रीको शपथ एकै पटक मिलाउन अनुरोध गरेको बताउनुभयो । नवनियुक्त मुख्यमन्त्री आचार्यले एकै पटक सबै मन्त्रीसहित मुख्यमन्त्रीको शपथ बुधबार हुने जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button