तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता आचार्यको दाबी पेश

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गर्नुभएको छ। 

एमालेका २९ र काङ्ग्रेसका २७ गरी ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गर्नुभएको हो । दाबी पत्र बुझ्दै प्रदेश प्रमुख शेरचनले सबै प्रक्रिया पुर्‍याएर आएकाले आजै मुख्यमन्त्री नियुक्त गर्ने बताउनुभयो । 

मुख्यमन्त्री बन्न लाग्नुभएका आचार्य अर्घाखाँची निर्वाचन क्षेत्र १ को १ बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । आचार्य यसअघि तीन पटक मन्त्री हुनुभएको थियो । एमाले काँग्रेसले बुधबार सबै मन्त्रीसहित शपथको तयारी गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button