तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली संसदमा बोल्दै गर्दा पुनको आपत्ति 

काठमाडौँ । प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभामा बोल्दै गर्दा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नियमापत्ति गर्नुभएको छ । 

सोमबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । आकस्मिक र शून्य समयको कार्यक्रम सकिएपछि निर्धारित समयभन्दा ढिलो गरी प्रश्नोत्तर सुरु भयो । सत्तारुढ काँग्रेस सांसद धनराज गुरुङले प्रधानमन्त्री ओलीलाई पहिलो प्रश्न राख्नुभएको थियो । उहाँले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा तत्कालीन मन्त्री पुनले अघि सारेको गण्डकी त्रिभुज आयोजना महत्वपूर्ण रहेको भन्दै त्यसको कार्यान्वयन कहिलेदेखि सुरु हुने र कहिले अन्त्य गर्ने सरकारको योजना रहेको भन्ने प्रश्न गर्नुभयो । यस्तै आर्थिक अवस्था सुधारका लागि आर्थिक गैह्रकानूनी कारोबार नियन्त्रण गर्ने सरकारको योजना के छ भन्ने गुरुङको दोस्रो प्रश्न थियो । 

प्रधानमन्त्री ओली सांसद गुरुङको प्रश्नको जवाफमा प्रवेश नगरी शून्य समयमा सांसदहरुले आफू र सरकारमाथि उठाएका प्रश्नको प्रतिवादमा उत्रिनुभयो । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बिचौलियाको योजनामा विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको विद्युत् उपभोग गरेबापत तिर्नुपर्ने 

 विद्युतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले काटेको लाइन जोड्न र बक्यौता मिनाहा गर्न प्रधानमन्त्री ओलीले दबाब दिएको आरोप लगाउनु भएको थियो । उहाँले बिचौलियाको सेटिङमा राज्यलाई अरबौँ नोक्सान पुग्ने गरी बक्यौता मिनाहा गर्न लागिएको बताउनुभएको थियो । 

प्रधानमन्त्री ओलीले दाहालको नाम उल्लेख नगरी गरिमामय संसदमा बोल्दा भएका, सही र तथ्ययुक्त कुरा मात्र बोल्न र जथाभाबी नबोल्न चेतावनी दिनुभयो । जनताले छानेर पठाएका प्रतिनिधिले त्यस हैसियतमा बोल्नुपर्ने भन्ने ओलीले आफूमाथि सुनको जलहरीमा ठाउँमा पित्तल लगाएको भन्ने आरोप लगाउने, अनेक खालका फोटाहरू बनाएर पछाएको जस्ता टिप्पणी गर्नुभयो । आफू प्रधानमन्त्री बनेकामा कसैलाई मर्का परेको र चित्त नबुझेको भए पनि अमर्यादित, हल्का र हावादारी प्रश्न नगर्न प्रधानमन्त्री ओलीको आग्रह थियो । 

प्रधानमन्त्री ओलीले थप अगाडि बढ्दै गर्दा पुन उठेर हात उठाउनुभयो । सभामुख देवराज घिमिरेले बस्न आग्रह गर्नुभयो । तर, पुनले नियमापत्ति रहेको बताएपछि सभामुख घिमिरेले ‘सम्माननीय प्रधानमन्त्री एकछिन रोक्नुस्’, भन्दै पुनलाई बोल्न दिनुभयो । पुनले प्रश्नोत्तर कार्यक्रममा सांसदका प्रश्नको जवाफ दिनुपर्नेमा प्रधानमन्त्रीले आफूमाथि प्रश्न उठाउने प्रतिपक्षी सांसदलाई गाली गरेको भन्दै आपत्ति जनाउनुभयो । ‘सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू के सन्दर्भमा अहिले बोल्दै हुनुहुन्छ रु सभामुखले रुलिङ गर्नुपर्छ होला । उहाँ प्रश्नोत्तरमा हुनुहुन्छ । आफ्ना कार्यकर्तालाई जसरी सांसदलाई नथर्काउनुस् । जनताबाट निर्वाचित जनप्रतिनिधिलाई हप्काउने रु ।’ सार्वजनिक अभिव्यक्तिमा अक्सर संयमता अपनाउने गरेका पुन सोमबार संसदमा भने आक्रामक रुपमा प्रस्तुत हुनुभयो । 

पुनले थप बोल्न खोज्दै गरेका बेला सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको र आफूले त्यतै लान खोजेको भन्दै प्रधानमन्त्री ओलीलाई विषय केन्द्रित भएर बोल्न निर्देश गर्नुभयो । ‘माननीय सदस्य ध्यानाकर्षण भएको छ । मैले त्यतै लान कोसिस गरेको छु’, सभामुखले भने, ‘प्रधानमन्त्रीजीलाई विषय केन्द्रित भएर अगाडि बढ्न म निर्देश गर्दछु ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button