तपाईँ सुन्दै हुनुहुन्छः

विधायन व्यवस्थापन समितिमा सांसद श्रेष्ठ मनोनीत

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा नियमावलीको नियम १४९ बमोजिम विधायन व्यवस्थापन समितिमा मनोनयन गर्नुभएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समितिमा सांसद श्रेष्ठको मनोनयनलाई सहमति जनाउनुभएको थियो । आजको बैठकमा अध्यक्ष दाहालले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा सांसदहरुले उठाउनुभएका विषयको राष्ट्रियसभा नियमावली २०७५ मा तोकिएको समयावधिभित्र सभामा आई पूर्वनिर्धारित तालिका अनुसार जवाफ दिन सम्बन्धित मन्त्रीहरूलाई ध्यानाकर्षण गराउनुभएको थियो । 

अध्यक्ष दाहालले भन्नुभयो, “जवाफका लागि यसअघि तयार गरिएको कार्यतालिका सम्बन्धित मन्त्रालयमा पुनः पत्राचारमार्फत उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिन्छु ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button