तपाईँ सुन्दै हुनुहुन्छः

पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो (फोटोफिचर)

काठमाडौँ I साउन महिनाको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ । 

साउन महिना  र सोमबार भगवान् शिवसँग जोडिएको मान्यता रहेकाले यस दिन विशेष रुपमा भगवान् शिवको पूजा, आराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ ।

साउनको पहिलो सोमबार आज पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनका लागि तीन वटा लाइनको  व्यवस्था गरिएको छ । 

उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलास्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपतिनाथका चारै ढोका भक्तजनका लागि आज बिहान साढे तीन बजेदेखि नै खुला गरिएका छन् ।

पशुपति क्षेत्रमा आज  सुरक्षा व्यवस्था कडा बनाइनुका साथै विभिन्न संस्थाबाट स्वयंसेवक खटाइएको छ । विभिन्न संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, लगायतका कक्ष पनि सञ्चालन गरिरहेका छन् ।

तस्विर : मिलन ढुङगाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button