तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा सवारी दुर्घटनाबाट एक वर्षमा ४५ जनाको मृत्यु

पोखरा । कास्कीमा एक वर्षमा सवारी दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको छ । आर्थिक बर्ष २०७९/८० मा ४४ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो भने गत आर्थिक बर्ष २०८०/८१ म भने ४५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्कीमा गत बर्ष ८४ हजार ५ सय २३ वटा सवारी साधन तथा सवारी धनिलाई कारबाही गर्दा ६ करोड ८७ लाख १३ हजार ६ रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले बताउनुभयो । अघिल्लो बर्ष कास्कीमा ७६ हजार ४ सय ६० वटा सवारी साधन तथा सवारी धनिलाई कारबाही गर्दा ६ करोड ६० लाख २४ हजार राजश्व सङ्कलन गरेको उहाँले जनाउनुभयो ।

सबैभन्दा धेरै दुई पाङग्रे सवारी साधन मोटरसाइकल तथा स्कुटर कारबाहीमा परेका छन् । गत बर्ष कास्कीमा ४४ हजार ३ सय ३ वटा सानो सवारी साधन (मोटरसाइकल तथा स्कुटर) कारबाहीमा पर्दा ३ करोड ७४ लाख ४१ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको सूचना अधिकारी शर्माले बताउनुभयो । आर्थिक बर्ष २०७९/८० मा ३२ हजार ६ सय ४९ वटा सवारी सानो सवारी साधन कारबाहीमा पर्दा ३ करोड १३ लाख ५० हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्कीले स्वरूप परिवर्तन (मोडिफाई) गरी ध्वनि प्रदूषण गर्दै हिँड्ने मोटरसाइकल नियन्त्रण गर्ने अभियान नै सञ्चालन गरेको थियो । ध्वनि प्रदूषण रोक्नको लागि अभियानकै रुपमा १ हजार ९ सय ८६ वटा मोटरसाइकलहरुलाई नियन्त्रणमा लिई कारवाही गरिदा २८ लाख १० हजार ३ सय जरिवाना सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी बरिष्ठ नायब निरिक्षक मिन बहादुर खड्काले बताउनुभयो । त्यसै गरी मोडिफाई नगर्न रिकण्डिसन हाउस, वर्कसपहरुलाई सचेतना मूलक कार्यक्रम गरी स्टिकर समेत टाँस गरिएको उहाँले जनाउनुभयो ।

गत वर्षमा भाडाका ट्याक्सीहरु मिटरमा जान नमान्ने बिभिन्न ५ सय ७८ वटा ट्याक्सीहरुलाई कारवाही गरिएको छ । त्यसै गरी अत्याधिक मात्रामा कालो धुँवा फाल्ने विभिन्न ६ वटा सवारी साधनलाई कारवाही गरिएको कार्यालयले जनाएको छ । विभिन्न मोवाइल एप (ईनड्राईभ, पठाओ, टुटल) जस्ता मोवाईल एप प्रयोग गरी अनाधिकृत रुपमा यात्रुहरु ओसार पसार गर्ने २२ वटा दुई पाङ्ग्रे र ४ वटा चार पाङ्ग्रे सवारी साधनहरु नियन्त्रणमा लिई कारवाही गरिएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button