तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु ।

दाङ। देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मोटरसाइकल ठक्करबाट लमही नगरपालिका वडा नम्बर १ नर्तीका चन्द्र प्रसाद चौधरीकी दस वर्षीय छोरी स्वस्तिका चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

आइतबार बेलुकी बाटो क्रस गर्ने क्रममा लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भयो ।

मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक भुसालले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button