तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

रुपन्देही । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

आज दिउँसो देउखुरीस्थित प्रदेश सभालाई सम्बोधन गरेर मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएपछि बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा अमिक शेरचनलाई राजीनामाको पत्र बुझाउनुभएको थियो ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

नयाँ सरकार गठनका लागि एमाले–कांग्रेस गठबन्धनले दाबी गर्ने सबै तयारी गरेका छन् ।

एमालेको नेतृत्वमा नयाँ सरकार बनाउने दुई दलले आज संयुक्त बैठक बसेर निर्णय गरेका छन् । एमाले प्रमुख सचेतक तुलसी चौधरीले सोमबार पहिलो चरणमै दाबी पेश गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button