तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यकार पोखरेलको चौथो कृति ‘विचार र विमर्श’को लोकार्पण

सुनसरी । साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्शको इनरुवामा आइतबार लोकार्पण गरिएको छ ।

सुनसरी जिल्लामा दुई दशक बढी समयदेखि साहित्य र शिक्षण क्षेत्रमा रहनुभएको इनरुवा नगरपालिका ३ निवासी साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्शको प्रमुख अतिथि प्राज्ञ प्रा.डा. खेमराज खनालले लोकार्पण गर्नुभएको हो ।

प्रगतिशील लेखक संघ सुनसरीको आयोजना तथा प्रा(डा.खनालको प्रमुख आतिथ्यता र देवीप्रसाद पोखरेलद्वारा प्रकाशित साहित्यकार विमला पोखरेलको कृति ‘विचार र विमर्श’ को लोकार्पण गरिएको हो ।

कार्यक्रममा वक्ताहरूले साहित्यको माध्यमबाट समाजमा योगदान गर्दै आउनुभएको पोखरेलले प्रकाशन गर्नुभएको कृतिको प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) सुनसरीले लोकार्पण गरेकोमा बधाई दिनुभयो ।

कार्यक्रममा पुस्तकको चर्चाकारको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग सदस्य एवं प्रगतिशील लेखक सङ्घ कोशी प्रदेश उपाध्यक्ष रामप्रसाद खरेल र किशोर कोइराला सहितका पाँच दर्जन बढी साहित्यकारहरू उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button