तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा ८४ प्रतिशत धान रोपाई

पोखरा । गण्डकी प्रदेशमा हालसम्म करिब ८४ दशमलव २६ प्रतिशतमात्र धान रोपाइ भएको छ ।

साउन महिनाको आइतबारसम्म यस बर्ष गण्डकी प्रदेशमा ८४ दशमलव २६ प्रतिशतले ८० हजार ९ सय ३२ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी विनोद शर्माले बताउनुभयो ।

गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टरमा धान रोपाई गर्न योग्य जमिन रहेको उहाँले जनाउनुभयो । गण्डकी प्रदेशका ११ जिल्ला मध्य हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङमा धान खेती खासै हुने गरेको छैन ।

प्रदेशका ९ जिल्ला मध्य हालसम्म सबैभन्दा धेरै बागलुङ र कास्कीमा ९५ प्रतिशत र सबैभन्दा कम म्याग्दीमा ६९ दशमलव ३६ प्रतिशत मात्र धान रोपाई भएको छ ।

गोर्खामा ५५ हजार ६ सय ९६ हेक्टर क्षेत्रफलमा धान रोपाई हँुदै आएको छ भने हालसम्म ५४दशमलव ७३ प्रतिशत धान रोपाई भएको उहाँले जनाउनुभयो । लमजुङमा हालसम्म ७९ प्रतिशत, तनहुँमा ९२ प्रतिशत कास्कीमा ९५ प्रतिशत, पर्वतमा ८० प्रतिशत, स्याङ्जामा ८५प्रतिशत, म्याग्दीमा ६९ दशमलव ३६ प्रतिशत, बागलुङमा ९५ दशमलव ०१ प्रतिशत र नवलपरासीमा ९२ प्रतिशत धान रोपाई भएको सूचना अधिकारी शर्माले जनाउनुभयो ।

६१ हजार ८ सय १९ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको लमजुङमा हालसम्म ७९ प्रतिशतले तनहुँमा ९२ प्रतिशत कास्कीमा ९५ प्रतिशत, पर्वतमा ८० प्रतिशत, स्याङ्जामा ८५ प्रतिशत, म्याग्दीमा ६९ दशमलव ३६ प्रतिशत, बागलुङमा ९५ दशमलव ०१ प्रतिशत र नवलपरासीमा ९२ प्रतिशत धान रोपाई भएको सूचना अधिकारी शर्माले जनाउनुभयो ।

लमजुङमा ९ हजार ३ सय ८१ हेक्टर क्षेत्रफलमा हालसम्म धान रोपाई भएको छ भने तनहुँमा ७ हजार ६० हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । त्यसैगरी कास्कीमा १५ हजार ४ सय ९ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको कृषि अधिकृत रञ्जना पोखरेलले बताउनुभयो ।

त्यसैगरी, पर्वतमा हालसम्म ६ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती भएको छ भने स्याङ्जामा १२ हजार २ सय ३२ हेक्टर क्षेत्रफलमा, म्याग्दीमा २ हजार ६ सय ४० हेक्टर क्षेत्रफलमा, बागलुङमा ५ हजार ४ सय २२ हेक्टर क्षेत्रफलमा र नवलपरासीमा १७ हजार २ सय १८ हेक्टर क्षेत्रफलमा हाल धान रोपाई भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

कास्कीमा प्रायः गरी जेठो बुढो, पहेले, एक्ले, खुमल ४, १०, गौरिया, बयर्नी, सेतो र लामो भिनुवा, मार्सी, बिरिमफुल, कालो र टुँडे झिनुवा, वर्णशंकर–यू एस ३१२ लगायतका जातका धान खेती हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button