तपाईँ सुन्दै हुनुहुन्छः

विकास र समृद्धिका लागि एमाले–कांग्रेस सहकार्य : मुख्यमन्त्री कार्की

उदयपुर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्य भएको बताउनुभएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात् पटक पटक मुलुकमा अस्थिरता बढेकाले स्थिरताका लागि एमाले काँग्रेससँग सहकार्य गर्न बाध्य भएको दाबी गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले आफूहरूले काँग्रेससँग बाकी कार्यकाल सत्ता सहकार्य गरेको भएपनि चुनावमा गठबन्धन नहुने भन्दै दुई पार्टीबिच स्वस्थ प्रतिस्पर्धा हुने समेत बताउनुभयो ।

शनिबार नेकपा एमाले चौदण्डीगढी नगर कमिटीको आयोजना भएको बृहत् पार्टी प्रवेश कार्यक्रममा जसपा, माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टी परित्याग गरि १६२ जना एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button