तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिनुहुने

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जगबहादुर महराले आइतबार विश्वासको मत लिनुहुने भएको छ।

आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४ औँ बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताउनुभयो । सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लाग्नुभएको हो । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ। लुम्बिनीमा एमाले र काँग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन् ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७ र माओवादी केन्द्रका १० सांसद छन् ।

८७ सांसद रहेको लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button