तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको ढिकीडाँडा पर्यटकको आकर्षणमा

पोखरा । पोखरा १६ मा रहेको ढिकीडाँडा पर्यटकको आकर्षणका रुपमा रहेको छ ।

पोखराको मुख्य बजारदेखि नजिक रहेको उक्त डाँडाबाट मौसम खुल्दा हिमशृङ्खला, पोखरा, हरियो वनजंगल सहितको दृश्य अवलोकन गर्न पाइने र अर्गानीक खाना समेत उपलब्ध हुने हुँदा उक्त क्षेत्रमा पर्यटक आकर्षण भएको स्थानीय पर्यटन व्यवसायी प्रकाश भट्टराईले बताउनुभयो ।

डिकिडाँडा रिसोर्टका प्रबन्ध निर्देशक भट्टराईले ढिकीडाँडा क्षेत्रमा प्रायः आन्तरिक पर्यटकहरूको आगमन निकै उत्साहजनक भएको बताउनुभयो ।

फोटो पत्रकार संघ कास्कीले शनिबार आयोजना गरेको मनसुन फोटो वाक कार्यक्रमको समापन समारोहमा रिसोर्टका सञ्चालक प्रेम आचार्यले हाल ५० जना पर्यटकहरूलाई एकै रातमा व्यवस्थापन गर्न सकिने र दिनमा खाजा तथा खानामा २ सय भन्दा बढीलाई सेवा दिन सक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button