तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा शुक्रबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

वाइरिङ गर्ने क्रममा करेन्ट लागेर मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीका २० वर्षीय रामराज बम्जनको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो ४ बजेको समयमा बकैया गाउँपालिका–४, माझीखोला स्थित नेपाल प्रेम चर्चको भवनमा वाइरिङ गर्ने क्रममा बमजनलाई करेन्ट लागेको हो । करेन्ट लागेर अचेत अवस्थामा रहेको बमजनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा साझ ५ः३० बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button