तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले गएराती १२ बजे देखि लागू हुने गरि बर्खे अधिवेशन अन्त्य गर्नु भएको बताईएकोे छ । प्रदेश सरकारले अधिवेशन अन्त्यका लागि असार २९ गते प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।

प्रदेश प्रमुखको कार्यालयबाट बर्खे अधिवेशन अन्त्य भएको पत्र प्राप्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ । यस अघि प्रदेश सभाको बैठक असार १ गते बसेको थियो । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक बर्ष २०८१/८२ को बजेट प्रदेश सभाबाट पारित नहुँदा प्रदेशमा बजेट शून्यताको अवस्थामा रहेको छ । प्रदेश प्रमुखले बजेट अधिवेशन अन्त्य गरेसँगै अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा रहेको मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बताउनु भयो ।

राजनीतिक समीकरण फेरिएसँगै २० असारमा एमाले सरकारबाट बाहिरिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button