तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेश सरकारमा  काँग्रेस  सहभागी हुने 

जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेपाली काँग्रेस आज देखि औपचारिक रुपमा समावेश हुने सहमति भएको छ ।

नेपाली काँग्रेसलाई अर्थ मन्त्रालय सहित ४ वटा मन्त्रालय दिनका लागि मुख्यमन्त्री सतिश कुमार सिंह सहमत भएपछि आज साँझसम्ममा मन्त्री परिषद् विस्तार हुन लागेको नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले जानकारी दिनु भएका हो ।  

आज बिहान नेपाली काँग्रेस प्रदेश संसदीय दलको  बैठकले अर्थ मन्त्रालय काँग्रेसले नपाएको खण्डमा सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत मुख्यमन्त्रीले पाएपछि अर्थ मन्त्रालय दिनका लागि सहमत हुनु भएको र आजै मन्त्रीपरिषद् विस्तार हुने गरि मुख्यमन्त्रीसँग सहमति भएको नेपाली काँग्रेसले जनाएको छ ।  

मधेश प्रदेश सरकार गठन भएको करिब डेढ महिनापछि प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी हुन लागेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह जेठ २५ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस सहितको साना दलहरूको समर्थनमा मुख्यमन्त्रीले शपथग्रहण गर्नु भएको थियो ।

मुख्यमन्त्री सिंहलाई केन्द्रमा पछिल्लो पटक काँग्रेस तथा नेकपा एमालेका बीचमा भएको सहमति अनुसार नेपाली काँग्रेसले मधेश प्रदेशमा अर्थसहित ४ मन्त्रालय पाउने शर्तमा असार २२ गते विश्वासको मत दिएका थिए । यसै बीच आज साँझ पाँच बजे काँग्रेसका तर्फबाट सरकारमा जाने मन्त्रीहरूको शपथग्रहणको तयारी भइरहेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button