तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय शिक्षा विधेयक २०८० माथि संशोधनकर्ताहरूसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि संशोधनकर्ताहरूसँग  छलफल भएको छ । 

सिंहदरबार स्थित समितिमा भएको छलफलमा संशोधनकर्ता सांसदहरुले शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने र शिक्षकलाई निजामती सेवा सरहको सुविधा दिनुपर्ने बताउनुभयो । 

विधेयकमाथि छलफल गर्दै सांसदहरुले शिक्षक गुरु भएकाले अस्थाई र स्थायी नाममा विभेद नगरी मानसिक रुपमा हतोत्साही हुन दिन नहुने बताउनुभयो । 

सांसदहरुले प्रत्येक जिल्लामा आवासीय विद्यालय बनाउनुपर्ने, शिक्षामा भएको वर्गलाई हटाउनुपर्ने, कम्प्युटर तथा खेल शिक्षकको दरबन्दी बढाउनुपर्ने, श्रमलाई घृणा गर्ने शिक्षा नीतिलाई सुधार गर्नुपर्ने भन्दै शिक्षामा भएको चरम राष्ट्रिय निराशालाई आशामा परिवर्तन गर्ने गरी शिक्षा विधेयक बनाउनुपर्नेमा जोड दिनुभयो । 

यस्तै सांसदहरुले स्थानीय तहमा शिक्षकको सरुवा प्रणालीलाई व्यवस्थित गर्नुपर्ने र विद्यालयको नाम आफ्नै देशका सम्पदाको नामबाट राख्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button