तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी विश्वविद्यालयमा स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टलीजेन्ट (एआई) को पढाई हुने 

पोखरा । गण्डकी विश्वविद्यालयले स्थापनाको चार वर्षपछि नेपालमै पहिलो पटक स्नातकोत्तरमा दुई वर्षे आर्टिफिसियल इन्टलीजेन्ट (एआई)को पढाइ हुने भएको छ  । 

विश्वविद्यालयले आगामी सेक्टेम्वर पहिलो हप्तादेखि  एसियाको पहिलो र नेपालमै पहिलो पटक आर्टिफिसियल इन्टलीजेन्ट (ए आई) विषयको पढाइ शुरु गर्नुअघि विश्वविद्यालयले पहिलो सत्रमा भर्ना पूर्व विद्यार्थीलाई सार्वजनिकीकरण कार्यक्रम आयोजना गरेको हो  ।

सार्वजनिकीकरण कार्यक्रमको उद्घाटनका अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास, स्वास्थ्य एवं शिक्षा मन्त्री बिन्दुकुमार थापाले राष्ट्रिय आवश्यकता र नयाँ प्रविधिको आर्टिफिसियल इन्टलीजेन्ट पढाइमार्फत देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको योजना रहेको बताउनु भयो । साथै वहाँले देशभरिकै ५२ जिल्लाबाट आउने छात्र छात्रलाई विश्वविद्यालयले छात्रवासको व्यवस्था मिलाउन सुझाव दिँदै सरकारको वार्षिक बजेटबाट समेत यो विषयको अध्यापनका लागि सहयोग उपलब्ध गराउने मन्त्री थापाको प्रतिबद्धता रहेको थियो  । 

गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले “नेपालको इतिहासमा पहिलो पटक विश्वविद्यालयमा यति ठूलो आकर्षण र नयाँ प्रविधि विषयको पढाई देखिनु हामी सबैका लागि गौरवको विषय हो”, गुरुङले भन्नुभयो  “गण्डकी प्रदेशको विशिष्टतालाई ध्यान दिँदै कुन कुन मोडलमा अध्यापन गराउन सकिन्छ त्यसबारे विश्वविद्यालय गम्भीर भएर अगाडि बढ्नेछ ।” साथै प्रदेशको विशिष्टतालाई आत्मसात् गर्दै प्रदेशको समृद्धिका लागि विश्वविद्यालयले आफ्ना योजना अघि बढाउने उहाँको भनाइ रहेको थियो । 

गण्डकी विश्वविद्यालयका उप–कुलपति डा. नवराज देवकोटाले आर्टिफिसियल इन्टलिजेन्ट ( एआई) विषय नेपाल र  एशियाकै सन्दर्भमा  पहिलो भएको बताउँदै सार्वजनीकीकरण कार्यक्रममा भएका कुरालाई  व्यवहारमा उतार्नु, नयाँ प्रविधि विश्वविद्यालयले आफ्नो क्षमता अनुसार अगाडी बढ्दै उच्चतम अब्बल दर्जाको विश्वविद्यालयमा अध्ययन अध्यापन  सुरु हुनु खुसीको विषय भएको बताउनु भयो । उहाँले  प्रदेशमा आइटी पार्कको  सम्भावना रहेकाले पनि यो विषयमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्दै देवकोटाले सर्टिफिकेट भन्दा पनि व्यावसायिक जनशक्तिको आवश्यकता रहेको वहाँको जोड रहेको थियो । साथै  विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान सक्ने गरी जनशक्ति उत्पादन गरिने धारणा व्यक्त गर्नु भयो ।

सोही अवसरमा विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमल्सेनाले कलेजमा स्नातकोत्तरमा दुईवर्षे तहमा  चार सेमेष्टरमा पहिलो ब्याचमा २० जना विद्यार्थी राखेर एआई विषय अध्यापन गरिने तिमल्सेनाले जानकारी दिनुभयो ।  जसका लागि पाठ्यक्रम तयार कक्षा तथा प्रयोगशाला स्थापना लगायतका पक्षमा जोड दिँदै वर्तमान अवस्थामा ५७६ रोपनी जग्गामा  स्नातक तहका आइटी, फार्मेसी, बिबिए, स्पोर्ट र कानुन सङ्कायमा २९ वटा कक्षा सञ्चालन र ४७६ छात्र–छात्राले अध्ययन गरेको बताउँदै विश्वविद्यालयको आफ्नै आविष्कार केन्द्र  र त्यसका लागि प्रयोगशाला लगायत सबै सुविधा रहेको बताउनु भयो ।  

कार्यक्रममा विज्ञान तथा प्रविधि संकायका डिन डा. कपिल अधिकारीले एआईका बारेमा औपचारिक सुरुवातीमा भएका प्रविधिमा उच्च स्तरको प्रविधि नेपालमा पनि आइटीको गन्तव्य बन्न सक्ने विश्वभरी नयाँ नयाँ पेसाको सम्भावना बोकेको एआई प्रविधि ठुलो शक्तिका रुपमा अगाडी बढेको प्रविधि र विश्वविद्यालयले नेपालको आर्थिक विकासमा टेवा पुर्‍याउने र गण्डकी प्रदेश आइटी आकर्षक केन्द्रका रुपमा विकास हुने कुरामा जोड दिँदै सार्वजनिकीकरण कार्यक्रममा उहाँले कृत्रिम बौद्धिकता (ए.आइ), ले मानव वा जनावरले प्रदर्शन गर्ने प्राकृतिक बुद्धि को विपरीत यन्त्र र मेसिनले प्रदर्शन गर्ने बौद्धिकता भएकाले एआई पाठ्यपुस्तकहरूले यस क्षेत्रलाई “ बौद्धिक एजेन्ट “ को अध्ययनको रूपमा परिभाषित गर्न सकिन्छ जहाँ मेशिनहरू (वा कम्प्युटर) लाई वर्णन गर्न प्रयोग गरिन्छ जुन “संज्ञानात्मक“ कार्यहरूको नक्कल गर्दछ जसलाई “शिक्षा“ र “समस्या समाधान“ जस्ता मानव दिमागसँग जोड्दछ वहाँको सार्वजनिकीकरणमा भनाइ रहेको थियो । 

सोही अवसरमा गण्डकी विश्वविद्यालयका प्रा. मधुसुदन सुवेदीलाई नेपालमा खेलकुद व्यवस्थापनका पहिलो विज्ञलाई सम्मान गरिएको थियो । भने कार्यक्रमको सञ्चालन विश्वविद्यालयका सहायक प्रशासक डोलराज सुवेदीले गर्नु भयोको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button