तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकर्मी खनाल पुरस्कृत

पाल्पा । रेडियो नेपालका पाल्पा जिल्ला संवाददाता बिष्णु खनाल पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पाले आज एक कार्यक्रमकाबीच खनाललाई लेखनबृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नगद र सम्मान पत्र सहित सम्मान गर्नुभयो । खनाल करिब डेढ दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुभएको छ। भने बिगत ६ बर्सदेखि रेडियो नेपालको पाल्पा जिल्ला संवाददाताको रुपमा काम गर्दै आउनुभएको छ । खनाल समसामयिक राजनीति, खेलकुद, शिक्षा र बिकास पत्रकारितामा दखल राख्नुहुन्छ । 

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका चेतनारायण आचार्यले पाल्पामा पर्यटनको उच्च सम्भावना भएकाले पाल्पालाई लुम्बिनी सर्किटसँग जोडेर पर्यटनको बिकास गर्ने बताउनुभयो । सर्किटले प्रदेशका १२ ओटै जिल्लालाई समेट्ने हुनाले पर्यटन विकासमा टेवा पुग्ने उहाँको  धारणा थियो  ।

इतिहास र वीरता बोकेको भगवती मन्दिरको दुरावस्थालाई प्रदेश सरकारले आगामी बर्ष गम्भीरता पूर्वक पुनर्निर्माणको लागि आवश्यक बजेट बिनियोजन गर्ने पनि उहाँले बताउनुभयो  ।

मुख्यमन्त्री आचार्यले प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरूले पालन गर्नुपर्ने आचारसंहितामा लागू गर्न सुरुवात गरेको बताउनुहुँदै यसले अनावश्यक खर्च कटौती हुने बताउनुभयो ।  जिल्लामा एक पटक भन्दा बढी पटक जाँदा मुख्यमन्त्रीको अनुमति लिनुपर्ने व्यवस्था गरेको बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button