तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतीद्धारा रणउजेश्वरी भगवती मन्दिरमा पुजाअर्चना   

पाल्पा । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक श्री ७ रणउजेश्वरी भगवती मन्दिरमा पुजाअर्चना गर्नुभएको छ । भगवती जात्राको अवसरमा राष्ट्रपति आज तानसेन आउनुभएको हो । राष्ट्रपतिलाई नेपाली सेनाले सलामी हर्ष बढाई सहित सम्मान गरेको हो । 

आज नेपाली सेनाले अङ्ग्रेजलाई युद्धमा हराएर विजय उत्सबको रुपमा मनाइने ऐतिहासिक भगवती जात्रा (खट यात्रा) पूजाअर्चना तथा जात्रा अवलोकनका लागि राष्ट्रपति पौडेल तानसेन आउनुभएको हो ।  

नेपालले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा निकालिने यो भगवती जात्रा २ सय ५ औँ हो । तानसेनको बीच भागमा रहेको भगवती मन्दिरबाट ठूलो रथ सहित हजारौँ भक्तजनको सहभागितामा तानसेनका विभिन्न स्थानमा रथ पुर्‍याई पुजाअर्चना गर्ने गरिन्छ ।  

जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लाभर आज सार्वजनिक बिदा दिइएको छ । रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न सङ्घसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी र्‍याली प्रदर्शन गर्ने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button