तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले टहरा पुर्दा भूकम्प पीडित घाइते, दुईको अवस्था गम्भीर

जाजरकोट । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना घाइते भएका छन् ।

पहिरोले अस्थायी टहरा पुरिँदा कुशे गाउँपालिका ८ दल्लेनाका दलसरी थापा र विष्णु थापा गम्भीर घाइते भएको हो , अन्य दुई जना  सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घाइतेहरूलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत सुर्खेत लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार विष्णु थापाकी श्रीमती २९ वर्षीया कमला थापाको र दलसरी थापाको छोरी ४ वर्षीया हस्तिका थापा को अवस्था गम्भीर छ । ३५ वर्षीया दलसरी थापा र उनकी १७ वर्षीया निरमाया थापाको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

गए राति पहिरोले टहरा पुरे लगत्तै प्रहरी चौकी पैंकबाट पुगेका सुरक्षाकर्मी र स्थानीयले घाइतेको उद्धार गरेको वडाध्यक्ष डिल्लीबहादुर सिंह बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button