तपाईँ सुन्दै हुनुहुन्छः

मधेसी समुदायको समावेशिताको अवस्था र मधेसी आयोग 

काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा राज्यको मुल प्रवाहमा मधेसी समुदायको समावेशिताको अवस्था र मधेसी आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल भएको छ । 

सिंहदरबारमा आज आयोजित बैठकमा मधेसी आयोगका सचिव नरेसराज खरेलले २२ दशमलव २२ प्रतिशत जनसङ्ख्या रहेको मधेसी समुदायको ८ प्रतिशत निजामती क्षेत्रमा, १२ प्रतिशत प्रहरीमा, ३ प्रतिशत नेपाली सेनामा, राष्ट्र बैठकमा १२ प्रतिशत उपस्थिति रहेको जानकारी दिनुभयो । 

बैठकमा सांसदहरुले मधेसमा हुने दाइजोप्रथा, बालविवाह, महिला हिंसा लगायतका कुरीति विरुद्ध आयोगले प्रतिफल आउने गरी काम गर्नुपर्ने, रोजगारीमा स्थानीय तहले स्थानीय नागरिकलाई प्राथमिकता दिनुपर्ने भन्दै आयोगको ध्यानाकर्षण गराउनुभयो । 

मधेसी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले आयोगले मधेसमा बढ्दै गएको धार्मिक द्धन्दलाई शान्त बनाई भाइचारा स्थापना गर्न लागि परेको, पर्यावरणीय न्याय सम्बन्धी काम गरेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button