तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजस्व कार्यालय पोखराबाट ५ अर्ब ५७ करोड राजश्व सङ्कलन

पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०८०/०८१ मा ५ अर्ब ५७ करोड ५५ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । गत चालु वर्षमा कार्यालयको राजश्व सङ्कलनको लक्ष्य ६ अर्ब ३९ करोड ४७ रहेकोमा साउनदेखि असार मसान्तसम्म सङ्कलन भएको उक्त राजश्व ८७.१९ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

कार्यालयको अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले राजस्व वृद्धि गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले बताउनुभयो । आर्थिक वर्ष २०७९/०८० को भन्दा ३४ करोड ९५ लाख बढी राजस्व सङ्कलन भएको उहाँले दाबी गर्नुभयो । आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८०/०८१ मा आयकरतर्फ कूल ३ अर्ब ६६ करोड ८७ लाख, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ७३ करोड ३६ लाख र अन्तः शुल्क तर्फ १६ करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ ।

देशको आर्थिक मन्दिले गर्दा व्यापार व्यवसाय फस्टाउन नसक्दा यसको असर राजश्व सङ्कलनमा परेकोले वार्षिक लक्ष्य हासिल गर्न केही कठिन भएको प्रमुख कर अधिकृत शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button