तपाईँ सुन्दै हुनुहुन्छः

प्राविधिक शिक्षामा राजर्षि जनक विश्वविद्यालयको जोड

जनकपुरधाम । जनकपुरधाममा अवस्थित राजर्षि जनक विश्व विद्यालयले प्राविधिक शिक्षामा जोड दिएको छ ।

सोही लक्ष्य अनुरुप गत वर्षदेखि नै महोत्तरीको गौशालामा स्नातक तहको सिभिल इन्जिनियर विषयको ४८ सिटमा अध्ययन अध्यापन भइरहेको छ । साथै मानविकी तथा कानून सङ्काय अन्तर्गत दर्शनाचार्य (M.Phil) को शैक्षिक कार्यक्रममा २० जना विद्यार्थी भर्ना भएका छन् जसअन्तर्गत प्रथम सेमेस्टरको कक्षा अनलाइनबाट भइरहेको छ ।

यसका साथै वि वि ए, एम वि ए, वि पि एच, वि एस्सी, एम एल टि, वि सि ए, वि एस सि– सि एस आई टि, वि ए एलए ल वि विषयका कक्षा सञ्चालन भइरहेका छन् । शैक्षिक शत्र २०८१–२०८२ देखि वि आई टि, वि एस सि एग्रीकल्चर, वि ई कम्प्युटर, वि डि वि एम, वि जे एम सी र वि ई डि आई सि टि जस्ता नयाँ विषयको पठनपाठनको तयारी भइरहेको उपकुलपति प्राध्यापक डा. अमर प्रसाद यादवले जानकारी दिनुभयो ।

अहिले विश्व विद्यालयद्वारा सञ्चालित कोर्समा ७ सय ५० विद्यार्थीहरू अध्ययनरत छन् । आंशिक तथा स्थायी गरेर ६० प्राध्यापक र ५० जना कर्मचारीहरू कार्यरत छन् । विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनका सूचना आह्वान गर्दा देशभरबाट २ सय ४९ आवेदन परेको जनाइएको छ ।

विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल भइरहेको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button