तपाईँ सुन्दै हुनुहुन्छः

उच्च अदालत जनकपुरधामबाट हालसम्मकै सबैभन्दा बढी मुद्दा फर्छ्यौट

जनकपुरधाम । उच्च अदालत जनकपुरधामबाट हालसम्मकै सबै भन्दा बढी मुद्दाको फर्छ्यौट भएको छ ।

उच्च अदालत जनकपुरधामले आज आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०८०/२०८१ मा अदालतलाई तोकेको लक्ष्य भन्दा १६४.५७ प्रतिशतले बढी मुद्दाको फर्छ्यौट भएको जानकारी दिइयो ।

उच्च अदालतलाई ३ हजार ७ सय २६ मुद्दा फर्छ्यौट गर्न वार्षिक लक्ष्य तोकिएकोमा लक्ष्य भन्दा १ हजार ५ सय ३७ मुद्दा बढी फर्छ्यौट भएको उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले जानकारी दिनुभयो ।

उच्च अदालतमा पुराना तथा नयाँ गरी २ हजार १ सय ३४ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको उच्च अदालत जनकपुरधामका अर्का न्यायाधीश महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो ।

उच्च अदालतले यतिको सङ्ख्यामा एक वर्ष भित्रमा मुद्दाको फर्छ्यौट गर्नमा पहिलो पटक सफल भएको छ । उच्च अदालत जनकपुरधाममा जून सङ्ख्यामा मुद्दाको फर्छ्यौट गरेको छ त्यो देशका अन्य उच्च अदालत भन्दा बढी हुने अनुमान गरिएको छ । उच्च अदालत जनकपुरधामलाई भ्रष्टाचारमा शुन्य सहनशीलताका साथ न्याय सम्पादनको काम भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button