तपाईँ सुन्दै हुनुहुन्छः

रेसुङ्गामा साउने मेला सुरु  

गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र रेसुङ्गा क्षेत्रको प्रचार–प्रसार गर्न एक महिने साउने मेला शुरु भएको छ । 

आज पहिलो दिन झनै विशेष श्रद्धालु भक्तजनको बिहानै देखि घुइँचो लाग्ने गरेको छ । रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरूबाट पनि श्रद्धालु भक्तजन आउने गर्दछन् ।

रेसुङ्गामा विगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिना सम्म मेला सुरु भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो ।    

धार्मिक स्थल रेसुङ्गामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले एक महिना सम्म धार्मिक प्रवचन सँगै दैनिक पूजा सञ्चालन आयोजना हुने रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।

रेसुङ्गामा पूजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्युठान, रुपन्देही, लगायतका नेपालका विभिन्न ठाउँबाट  श्रद्धालु भक्तजनहरू धार्मिक स्थलमा आउने गर्दछन् । पोखरीमा नुहाउन तथा पूजा आज गर्न साउन भर भिडभाड लाग्ने गर्दछ  ।

सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडीको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । रेसुङ्गामा साउन महिना बाहेक अन्य दिनहरूमा दैनिक पूजा हुने गर्दछ ।  

साउन भर सञ्चालन हुने मेला अन्तर्गत साउन १ गते र साउने औशी, एकादशीका दिन विशेष मेला लाग्ने गर्दछ । धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट विभिन्न मनमोहक दृश्य देख्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button