तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा जिल्ला अदालतबाट एक वर्षमा पाँच हजार भन्दा बढी मुद्दा फर्छ्यौट

धनुषा । धनुषा जिल्ला अदालतले आजबाट स्वचालित पेशी प्रणाली लागु गरेको छ ।  

अदालतले जनकपुरधाममा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा अदालतले सेवा ग्राहीलाई छिटो छरितो न्याय सम्पादन गर्नका लागि स्वचालित पेशी प्रणाली लागु गर्न लागेको धनुषा जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काले जानकारी दिनु भयो । यस प्रणालीलाई सफल बनाउनका लागि अहिले जिल्ला अदालतले तयारी गर्ने काम गरिरहेका छ ।

यस अघि सर्वोच्च तथा उच्च अदालतमा स्वचालित पेशी प्रणाली लागु भइसकेको छ । यसका साथै आजैबाट  पारिवारिक इजलास सञ्चालनमा ल्याउने धनुषा जिल्ला अदालतले पत्रकार अन्तरक्रिया कार्यक्रममा जानकारी दिएको छ ।

धनुषा जिल्ला अदालतले पुराना बाँकी रहेको मुद्दाहरू अगामी आर्थिक वर्षमा फर्छ्यौट गरेर अर्को आर्थिक वर्ष २०८२/२०८३ मा शुन्यमा झार्ने लक्ष्य सहित मुद्दाको सुनुवाई तथा फर्छ्यौट गर्ने पक्षमा अदालतले योजना सहित अगाडी बढेको  न्यायाधीश खड्काले बताउनु भयो ।

धनुषा जिल्ला अदालतमा चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका मध्ये ३ हजार १ सय ८४ र नयाँ दर्ता भएका मध्ये १ हजार ९ सय ९१ मुद्दा गरेर ५ हजार १ सय ७५ थान मुद्दा फर्छ्यौट गर्ने काम भएको जानकारी दिइएको छ । यहाँ पुराना जिम्मेवारी सरेर आएका मुद्दाको सङ्ख्या ४ हजार ६ सय १४ रहेको छ भने यस वर्ष नयाँ दर्ता भएको मुद्दाको सङ्ख्या ४ हजार १ सय ४१ रहेका छन् ।

जिल्ला अदालतमा पुराना र नयाँ दर्ता रहेको मुद्दाको सङ्ख्या ९ हजार ३ सय ५५ रहेको श्रेस्तेदार कैलाश प्रसाद भट्टराईले जानकारी दिनु भयो । जिल्ला अदालतमा सबै भन्दा बढी देवानी मुद्दा अन्तर्गत लेनदेन मुद्दा रहेका छन् । लेनदेन मुद्दाको सङ्ख्या १ हजार ८ सय २७ वटा रहेका छन् भने, अंश दर्ता मुद्दा १ हजार ९९ र फौजदारी मुद्दामा बैंकिङ्ग कसुर सम्बन्धि १ सय १० रहेका छन् ।  खास गरेर आर्थिक विषयसँग सरोकार भएका मुद्दाहरू अदालतमा पर्ने क्रममा वृद्धि हुँदै गएको छ ।       

प्रतिक्रिया राख्नुहोस्

Back to top button