तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा दुई विधेयक प्रमाणीकरण

रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाबाट पारित दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

प्रमुख शेरचनले आज आइतबार लुम्बिनी प्रदेश सरकारको अर्थ सम्बन्धी विधेयक र आर्थिक वर्ष २०८१/२०८२ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

लुम्बिनी प्रदेश सभाको बैठकबाट पारित विधेयकहरू संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button