तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका पदक विजेता खेलाडी पुरस्कृत

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीले प्रदेशका विभिन्न खेलका पदक विजेता खेलाडीहरूलाई नगदसहित पुरस्कृत गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा विजेता खेलाडीहरूलाई नगदसहित पुरस्कृत गरिएको परिषद्का सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुभयो । बागमती प्रदेश स्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरूलाई शनिबार पुरस्कृत गरिएको उहाँले जनाउनुभयो ।

पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवं परिषद्का संरक्षक सुरेन्द्रराज पाण्डे, सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापा लगायतले नगदसहित खेलाडीहरूलाई सम्मान गर्नुभएको हो ।

प्रतियोगितामा स्वर्ण पदक ल्याउने एकल तर्फको खेलाडीलाई ७ हजार, दुई वा समूहगत खेलमा स्वर्ण पदक ल्याउने खेलाडीलाई जनही ५ हजार प्रदान गरिएको छ । त्यसै गरी रजत पदक ल्याउने एकल तर्फको खेलाडीलाई ५ हजार, दुई वा समूहगत खेलमा रजत पदक ल्याउनेलाई जनही ३ हजार रुपैयाँसहित पुरस्कृत गरिएको परिषद्का अधिकृत तोपलाल भुषालले जानकारी दिनुभयो । कांस्य पदक ल्याउने एकल तर्फको खेलाडीले ३ हजार र दुई वा समूहगत खेलमा कांस्य पदक ल्याउने खेलाडीलाई जनही २ हजार रुपैयाँसहित पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button