तपाईँ सुन्दै हुनुहुन्छः

बक्यौता नतिरेको भन्दै बाराको दुई ठुला उद्योगको लाइन काटियो

बारा । बाराका २ वटा ठूला उद्योगको लाइन काटिएको छ ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टील र हुलास स्टिलको लाइन काटेको नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले जनाएको छ  ।

असार १० गते उद्योगलाई लेखिएको पत्रमा १५ दिनभित्र उद्योगलाई बक्यौता तिर्न भनिएको थियो । जगदम्बा स्टील र हुलास स्टिललाई पत्र पठाएर बाँकी रहेको विद्युत् महसुल तिर्नु भनिए पनि समय सीमाभित्र महसुल नतिरेपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रुमेश रुपाखेतीले जानकारी दिनुभयो । 

जगदम्बा स्टिलले नेपाल विद्युत् प्राधिकरणलाई १ अर्ब ६० करोड १८ लाख ४३ हजार १ सय २५ रुपैयाँ र हुलास स्टिलले १४ करोड १२ लाख ५ हजार ८ सय ६२ रुपैयाँ महसुल तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सिमराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button