तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँची पूर्ण खोप सुनिश्चितता जिल्ला

अर्घाखाँची । अर्घाखाँची पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा घोषणा भएको छ । आज सदरमुकाम सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । 

राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि ५९ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

 जिल्लाका ६ वटै स्थानीय तह हरुले २०८० साल वैशाख १६ गतेदेखि पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा घोषणा तथा दिगोपन पालिका घोषणा अभियान आज आएर पुरा भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख शिव नेपालीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८०/८१ मा १५ महिना भित्रका २७ सय ९० बालबालिका र १५ महिना देखि ५९ महिनाका ९ हजार ९सय ३५ बालबालिकालाई पूर्ण खोप लगाएको उहाँले बताउनुभयो ।

जिल्ला खोप समन्वय समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोइराला र लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरे लगायतले खोप सुनिश्चितता भएको भन्दै हस्ताक्षर समेत गर्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button