तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाका ग्रामीण सडक पूर्णरुपमा ठप्प

गोरखा । तीन दिनदेखि परेको अविरल वर्षातका कारण गोरखाको ग्रामीण क्षेत्रमा जाने सडकहरू पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

जिल्लाका बुढीगण्डकी करिडोर, दरौँदी करीडोर, मर्स्याङ्दी करिडोर र चेपे करिडोर भएर उत्तरी क्षेत्र जाने बाटोहरू पूर्णरुपमा बन्द भएका हुन् ।

मुख्य सडकको रुपमा रहेको गोरखा आँवुखैरेनी सडक पहिरो पन्छाएपछि दिउँसोबाट सञ्चालनमा आएको छ । ग्रामीण क्षेत्र जाने सडक भने वर्षा नरोकिएसम्म हटाउन सकिने अवस्थामा नरहेको गोरखा सडक आयोजना प्रमुख अमिन्द्र खड्काले बताउनुभयो ।

त्यस्तै, जिल्लाको दरौँदी, लुदी, च्यादुल, चेपे लगायतका खोलामा आएको बाढीका कारण भर्खरै रोपेका खेत दुवानमा परेका छन् ।

खेत डुबानमा परेपछि किसानको लाखौँको क्षति भएको छ । लुदीकोखोलाका किसान बालकृष्ण अर्यालका अनुसार असार २० गते १० हल गोरु लगाएर मेलो बनाइ रोपिएको खेतमा अहिले लुदी खोला बगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button