तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आइतबार १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ ।

आज १ बजेर १५ मा बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार १ बजेर १५ मिनेटमा बस्ने गरी समय तोक्नुभएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गर्नुभएको सूचनामा उल्लेख छ । 

राष्ट्रिय सभाको आजको बैठकमा अर्थ सम्बन्धी तीनवटा विधेयक आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित गर्ने कार्यसूची रहेको थियो । विनियोजन विधेयक भने राष्ट्रिय सभाले पारित गरिसकेको छ ।

बजेटसँग सम्बन्धित विधेयकमा संशोधन गर्ने प्रस्तावले राष्ट्रिय सभाको बैठक प्रभावित भएको हो । नेकपा एमालेले आर्थिक विधेयकको एउटा दफा आयकर ऐन २०५८ को दफा ५७ मा गर्न खोजेको संशोधन प्रस्ताव हटाउन प्रस्ताव गरेको छ । 

राष्ट्रिय सभामा एमालेका राष्ट्रिय सभाको प्रमुख सचेतक भगवती न्यौपानले आर्थिक विधेयक २०८१ मार्फत आयकर ऐनमा गर्न खोजिएको संशोधन हटाउनुपर्ने भन्दै संशोधन दर्ता गराउनुभएको छ ।

आर्थिक विधेयक संशोधन गर्नुपर्ने एमालेको मागमा सरकार सहमत छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button