तपाईँ सुन्दै हुनुहुन्छः

ट्रक र स्कुटर ठोक्किँदा एकको मृत्यु,एक गम्भीर घाइते

पाल्पा । पाल्पाको तिनाउ–३, दोभानमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सोही स्कुटरमा सँगै सवार अधिकारीकी बहिनी १७ वर्षीया रश्मि अधिकारी गम्भीर घाइते हुनुभएको छ ।

बुधवार बेलुकी ६ बजेतिर बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटर र सोही दिशामा गुडिरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ट्रकको ठक्करबाट दाजु बहिनी गम्भीर घाइते भएका थिए । घाइते दाजुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button