तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकर्मी सागर परियार युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत

जुम्ला । रेडियो नेपालका जुम्ला संवाददाता सागर परियार युवा पत्रकारिता पुरस्कार-२०८१ बाट पुरस्कृत भएका छन् । जुम्लामा लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार परियार नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘युवा पत्रकारिता पुरस्कार-२०८१’ बाट पुरस्कृत भएका हुन् ।

बुधबार सिंहदरबारमा आयोजित एक विशेष समारोहका बीच पत्रकार परियारलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नगद ५० हजार सहित दाेसला ओड्याए सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।देशभरका पत्रकारहरू मध्य प्रतिस्पर्धाबाट छनोट परियारले पुरस्कार प्राप्त गर्न सफल भएका हुन् ।

जुम्लामा वि.स २०७१ सालदेखि पत्रकारितामा सक्रिय पत्रकार सागर परियारले जुम्ला सहित कर्णालीका आर्थिक,सामाजिक,साँस्कृतिक विकास निर्माण,युवा सशक्तिकरण तथा उद्यमशीलताका क्षेत्रमा कलम चलाउँदै आएका छन् ।पुरस्कृत भएपछि पत्रकार परियारले माेपसलकाे पत्रकारिताका सङ्घर्षले सफलता मिलेमा खुसी व्यक्त गरे । साथै पुरस्कार वितरण चिनजानका आधारमा दिन्छन् भन्ने भाष्य आफ्नो लागि गलत सावित भएको समेत उनको भनाई छ ।

यश अघि पत्रकार परियार स्व.दिप बहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार लगायत जिल्लास्तरका थुप्रै सम्मान तथा पुरस्कार पाएका छन् । परियार सँगै देशभरका चार जना पत्रकार पुरस्कृत भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button