तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा पुरिएर गुल्मीमा ४ र बागलुङमा १ जनाको ज्यान गयो 

बागलुङ । जिल्लाको  बडिगाडमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–९ नयाँबस्ती बलघासमा पहिरोले पुर्दा १५ वर्षीय विधान परियारको मृत्यु भएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभएकाे छ ।

घर जोगाउनका लागि भल पन्छाउने क्रममा पहिरो खसेर परियारलाई पुरेको सुवेदीको भनाइ छ । परियारको शव निकालेर पोष्टमार्टमका लागि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा पठाइएको छ ।

वर्षाका कारण बडिगाडकै वडा नम्बर-१० दर्लिङमा पहिरोका कारण एक घर पुरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्राङ्ग बरालले जानकारी दिनु भएको छ ।

त्यस्तै बागलुङ र गुल्मीको सिमानामा पर्ने मुसिकोट नगरपालिका वडा न-१ बिसौना कटौजेमा पहिरोले २ घर बगाउँदा ४ जनाको मृत्यु भएको मुसिकोट नगरपालिकाका उपमेयर गंगा श्रेष्ठले जानकारी दिनुभएको छ । मृत्यु हुनेमा वर्ष ४६ का गोरे विक, वर्ष ६७ का हुकुम बहादुर विक, वर्ष ६६ को मसुरी विक र साढे २ वर्षको रियान्सी विकको मृत्यु भएको उपमेयर श्रेष्ठले जानकारी दिनुभएको छ । २ जनाको घाइते अवस्थामा उद्धार गरिएको र थप उद्धार कार्य कार्य जारी रहेको प्रहरी चौकी पौंदि अमराईले जनाएको छ । निरन्तर पानी परिरहेको र भौगोलिक रुपमा कठिनाइ भएकोले उद्धारमा समस्या भएको बताउनु भएकाे छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button