तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो

काठमाडौँ ।  सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु दुई हजार तीन सयले घटेको छ ।

सोमबार प्रतितोला रु एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ ।

तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा रु ६० ले घटेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भएकामा आजका लागि रु एक हजार सात सय २५ निर्धारण भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button