तपाईँ सुन्दै हुनुहुन्छः

अङ्गदान र प्रत्यारोपण सम्बन्धमा समितिमा छलफल

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा अंगदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था, समस्या तथा चुनौती र भावी कार्यदिशा सम्बन्धी छलफल भएको छ ।

बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले अङ्ग प्रत्यारोपण, अंगदान जस्तो विषयमा राष्ट्रिय स्तरबाटै यस्ता सेवा प्रदान गर्ने अस्पताललाई आवश्यक सहयोग नपुगेको बताउनुभयो ।

बैठकमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले राज्य स्तरबाट केन्द्रलाई सहयोग हुन नसकेको भन्दै अहिलेसम्म केन्द्रको आफ्ना भवन र जग्गा समेत नरहेको बताउनुभयो ।

हाल भक्तपुर इट्टा टायल कारखानाको जग्गा सरकारको मातहतमा रहेको र सो जग्गा केन्द्रले लिजमा लिन प्रयासरत रहेको भन्नुहुँदै निर्देशक डा.श्रेष्ठले उक्त जग्गा सरकारले केन्द्रलाई उपलब्ध गराएमा ३ सय शय्याको सुविधा सम्पन्न अस्पताल बनाउन आफूहरू सक्षम रहेको जानकारी गराउनुभयो ।

यस्तै बैठकमा सांसदहरूको जिज्ञासामा केन्द्रका निर्देशक डा.श्रेष्ठले हाल तीन वटा जिल्ला बाहेक देशका सबै जिल्लामा डायलाइसिस सेवा उपलब्ध रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button