तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशका कृषिमन्त्री अहिरद्वारा राजीनामा

बाँके। लुम्बिनी प्रदेश सरकारका कृषि भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता समेत रहनु भएका मन्त्री अहिरले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा दिनुभएको हो । जसपाले कांग्रेस–एमाले गठबन्धनको साथमा रहेको कारण माओवादी नेतृत्वको सो सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको सो पार्टीका  महासचिव इस्तियाक राईले बताउनु भयो । 

मन्त्री अहिरले पार्टीको निर्देशन बमोजिम आफूले मन्त्री पदबाट राजीनामा दिएको बताउनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button