तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश : मुख्यमन्त्रीलाई राजीनामा दिन एमालेको आग्रह

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दल बागमती प्रदेशले दूरगामी महत्व राख्ने निर्णयहरू नगर्न बागमती प्रदेश सरकारलाई अनुरोध गरेको छ।

मङ्गलवार दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एक विज्ञप्ति जारी गर्दै कामचलाउ हैसियतमा पुगिसकेको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गरेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ ‘देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन हामी क्रियाशील छौँ। यसका लागि नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको समर्थनमा गठन भएको माननीय मुख्यमन्त्री शालिकराम जमरकट्टेलको नेतृत्वको वर्तमान सरकारबाट हाम्रो पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने ५ (पाँच) जना मन्त्रीहरूले हिजो माननीय मुख्यमन्त्रीलाई भेटेर राजीनामा तथा समर्थन फिर्ताको औपचारिक जानकारी गराइसकेका छौँ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button