तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । मोरङ र धनकुटाबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती विशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका–६ का ३२ बर्षीय अभिषेक मगर र २४ बर्षीय बाराक लिम्बुलाई ५ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१९ प ९८७७ नम्बरको मोटरसाइकल चालक साँगुरी गढी–९ का २६ बर्षीय लक्ष्मण राईलाई १२ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । 

लागुऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button